२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

क्रिकेट विश्वकपः साविक विजेता इंग्ल्यान्डले भारतसँग खेल्दै

काठमाडौँ- आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत साविक विजेता इंग्ल्यान्डले आज आयोजक भारतको सामना गर्दैछ ।

इंग्ल्यान्ड र भारतबीचको खेल लखनउस्थित भारत रत्न श्री अटल बिहारी बाजपेयी एकाना क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ ।

जारी विश्वकपमा भारतले खेलेका पाँचवटै खेलमा जित हात पार्दा इंग्ल्यान्डले एक खेलमा जित हात पार्दा चार खेलमा पराजय भोगेको छ ।

१० अंक जोडेको भारत दोस्रो स्थानमा रहँदा केवल २ अंक रहेको इंग्ल्यान्ड पुछारमा छ ।

यसअघि शनिबार भएको खेलमा अस्ट्रेलियाले न्यूजिल्यान्डलाई ५ रन तथा नेदरल्यान्डले बंगलादेशलाई ८७ रनले पराजित गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com