२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

दुबई पुगेर छुल्ठिमले भनिन् राम्रो चिज जहिले सिंगल हुन्छ

काठमाडौं । चलचित्र ‘नोभेम्बर रेन’मा काम गरेपछि अभिनेत्री तथा मोडल छुल्ठिम गुरुङ ‘डल्ली’ उपनामबाट चर्चित भइन् । यो चलचित्रमा उनले निर्वाह गरेको भूमिकाले दर्शक र समीक्षकबाट प्रशंसा पायो ।

यसपछि छुल्ठिम चलचित्र क्षेत्रमा जम्ने धेरैको विश्वास थियो । तर, उनले सोचे जस्तो भएन । अर्को चलचित्र ‘डायरी’पछि छुल्ठिमको करिअर उकालो लाग्न सकेन । यसपछि केही चलचित्रमा काम गर्नुबाहेक उनको करिअरमा त्यस्तो सुखद् पक्ष केही पनि छैन । छुल्ठिमले चलचित्र र म्युजिक भिडियोमा फाट्टफुट्ट काम गरेपनि उनको करिअरमा कुनै फाइदा भएको छैन ।

गायक धिरज राईसँगको वैवाहिक जीवन टुंगिएपछि छुल्ठिम सिंगल छिन् । यसैबीच छुल्ठिमले राम्रो चिज जहिले पनि सिंगल नै हुन्छ भनेर बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘राम्रो चिज जहिले सिंगल नै हुन्छ । जस्तै कि, आकाशको चन्द्र र धर्तीको म ।’

छुल्ठिम यतिबेला दुबई पुगेकी छन् । दुबई पुगेर उनले आफूलाई चन्द्रमासँग तुलना गरेकी छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com