२०८१ जेष्ठ ९ - Wed May, 2024 -

Janasewa News

सप्तरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सप्तरी- सप्तरीमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बलान बिहुल गाउँपालिका-४ वेल्हीका ५५ वर्षीय विशो मण्डल रहेका छन् ।

हुलाकी सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बिआर ३२ वाई ६०५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना भएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् ।

गम्भीर रहेका मण्डललाई उपचारका लागि बोदेबर्साइनस्थित जीवन ज्योति अस्पताल उपचारमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही मोटरसाइकलमा सबार सोही ठाउँका राम लोचन शर्माको १८ वर्षीय छोरा कमलेशकुमार शर्मा घाइते भएका छन् । उनको जीवन ज्योति अस्पताल बोदेबर्साइन सप्तरीमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com