२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Janasewa News

सञ्जय लीला भन्सालीको ‘गंगुबाई काठियावाडी’को ट्रेलर सार्वजनिक

गंगुबाई काठियावाडीुको एक दृश्यमा आलिया भट्ट

काठमाडौं । बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीको बहुचर्चित चलचित्र ‘गंगुबाई काठियावाडी’को ट्रेलर रिलिज भएको छ । अभिनेत्री आलिया भट्टको प्रमुख भूमिका रहेको यो चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो ।

ट्रेलर रिलिज भएसँगै ‘गंगुबाई काठियावाडी’लाई लिएर दर्शकहरु उत्साहित देखिएका छन् । चलचित्रमा आलियाका साथै अजय देवगण पनि मुख्य भूमिकामा छन् ।

यो चलचित्रको कथा ‘द माफिया क्वीन अफ मुम्बई’ पुस्तकमा आधारित छ । पुस्तकलाई हुसैन जैदीले लेखेका हुन् ।

‘गंगुबाई काठियावाडी’ यही २५ फेब्रुअरीमा रिलिज हुनेछ ।

‘स्टुडेन्ट अफ द इयर’बाट बलिउड यात्रा सुरु गरेकी आलियाले हाइवे, उडता पञ्जाब जस्ता चलचित्रबाट दर्शकमाझ बेग्लै छाप छोड्न सफल भएकी छन् । ‘गंगुबाई काठियावाडी’बाट उनको करिअरको नयाँ अध्याय हुने विश्लेषण गर्न थालिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com