२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

गठबन्धन एकातिर छ अर्कोतिर नेकपा एमाले उभिएको छ :नेता ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको मूल उद्देश्य ‘एमालेलाई समाप्त गर्ने’ भन्नेमात्रै भएको आरोप लगाएका छन् । शनिबार (आज) प्रेस चौतारी नेपालको स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै नेता पोखरेलले भने, ‘यो गठबन्धन एकातिर छ । अर्कोतिर नेकपा (एमाले) उभिएको छ । त्यसैले यो गठबन्धन विशुद्ध एमाले समाप्त गर्नुपर्छ भन्ने विशाक्त उद्देश्यले बनेको छ ।’

त्यस्तै नेता पोखरेलले आफूहरुले संघीयताको बलियो कार्यान्वयन चाहेको तर, गठबन्धनमा संघीयताको समेत सुन्न नचाहनेहरू रहेको बताए । उनले भनेका छन्, ‘हामी संघीयताको बलियो कार्यान्वयन चाहन्छौं । तर, यो गठबन्धनमा संघीयताको ‘स’ समेत सुन्न नचाहनेहरू पनि छन् । त्यही फेरि अहिले भएका सात प्रदेशले पुगेन भनेर टोकाटोक गर्ने पनि त्यही छन् । यहीबाट प्रस्ट हुन्छ कि, यो गठबन्धन कुनै मूल्य मान्यतामा आधारित छैन । एमालेको विरोध गर्ने मात्रै हो ।’
त्यस्तै उनले सत्ता गठबन्धनलाई मुलुकको आर्थिक विकास र समृद्धिका एजेन्डासँग कुनै मतलब नभएको बताए । साथै संविधान, मूल्यमान्यता र परम्परागत अभ्यासविपरीत बनेको गठबन्धनले देशवासीको आर्थिक समृद्धि र विकासको सपना पूरा गर्नुको सट्टा देश विकास गर्नुपर्छ भन्ने सपनालाई मूर्छित पार्ने काम गरिरहेको आरोसमेत लगाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com