२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

आजबाट सबै मतपत्र छपाइ सकिने

आजबाट सबै मतपत्र छपाइ सकिने

 

जनक शिक्षा सामग्री संस्था लिमिटेडले आजबाट सबै मतपत्र छपाइ सक्नेछ। निर्वाचन आयोगले दिएको निर्देशनअनुसार केन्द्रले तोकेको मितिमा सबै मतपत्र छपाइ पूरा गरेको हो। केन्द्रका प्रवक्ता चित्र आचार्यले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार आज मंगलबार बिहानसम्म सबै स्थानीय तहको मतपत्र छपाई पूरा हुनेछ। हिजो सोमबार जनक शिक्षाले पोखरा, विराटनगर र भरतपुर महानगरपालिकाको मतपत्र छपाई सुरु गरेको थियो।

मतपत्र छपाइपछि दुई दिन प्याकिङको काम सकेर २३ गतेसम्म देशैभरका निर्वाचन कार्यालयमा मतपत्र पुगिसक्ने बताइएको छ। आयोगले उम्मेदवारको सङ्ख्या बढेको केही स्थानीय तहको मतपत्र पुनः छपाइ गर्न दिएको थियो। निर्वाचन आयोगले तीन दिनअघि ६ महानगर र भक्तपुरका ४ नगरपालिकाको मतपत्रको डिजाइन जनक शिक्षामा पठाएको थियो। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com