२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

नेकपा (बहुमत)ले नियमित स्कुलिङ चलाउने

नेकपा (बहुमत)ले नियमित स्कुलिङ चलाउने

जनसेवा न्युज डटकम संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले विचारधारात्मक तथा राजनीतिक कार्यमा मालेमावादी नियमित स्कुलिङ चलाउने निर्णय गरेको छ । यही जेठ ६ देखि ९ गतेसम्म काभ्रेको बनेपामा बसेको बैठकले व्युरोस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले पार्टी तथा संगठनलाई पुनर्गठन गर्ने तथा कम्युनिष्टहरुको कार्यगत एकता गर्ने निर्णय पनि गरेको छ । यस्तै २०७७ साल फागुन २१ गते सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारसँग वार्ता गर्न हेमन्तप्रकाश ओलीको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । पार्टीको नवौं महाधिवेशन आउँदो फागुन १ गते गर्ने र आफ्नो पार्टीका नेता तथा कार्यकर्तामाथि लागेका झूटा मुद्दा खारेज गर्न सरकारसँग माग गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com