२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

महिला भलिबल टोली सम्मानित हुने

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) ले बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा प्रथम हुने नेपाली महिला भलिबल टिमलाई नगदसहित सम्मान गर्ने भएको छ ।

नेकोसको सातौं केन्द्रीय पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्न सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन गर्ने नीति अनुरुप महिला भलिबल टिमलाई फागुन ७ नगद सहित सम्मान गर्ने जनाएको हो ।

नेकोसले वर्षभरी गरेको प्रदर्शनका आधारमा खेलका सबै विधाहरुमा उत्कृष्ट हुने खेलकर्मी छनोट गरी नगद सहित सम्मान गर्ने समेत जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव विवादलाई पनि चाडै समाधान गर्न मागसमेत नेकोसले गरेको छ। नवौं राष्ट्रिय खेलकुदको मिति तोक्न समेत माग गरेको छ

बैठकले महासंघको संयोजकमा पर्शुराम बस्नेतलाई चयन गरेको छ । पत्रकार सम्मेलनमा संयोजक बस्नेतले खेल क्षेत्रलाई सरकारले कमजोर बनाउने काम गरेको आरोप लगाए। कुनै पनि बहानामा राज्यले खेलकुद क्षेत्रको गतिविधिलाई शून्य बनाउन नहुने उनको भनाई छ । उनले खेल क्षेत्रको बिकासका लागि महासंघ सदैव अग्रणी भूमिका निर्वाह गर्ने बताए।

यसअघिका संयोजक रमेश पौडेल एमाले केन्द्रीय सदस्य मनोनित भएपछि अध्यक्षको जिम्मेवारीबाट बिदा लिएर बस्नेतलाई बाटो खुला गरेका थिए । बैठकले १९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।केन्द्रीय कमिटीको पहिलो बैठकले अन्य पदाधिकारी चयन गर्ने महासंघले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com