२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

शाहरुख र आलियाको ‘डार्लिङ्ग’ ८० करोडमा नेटफ्लिक्समा

मुम्बई । शाहरुख खान र आलिया भट्ट मिलेर निर्माण गरेको फिल्म ‘डार्लिङ्ग’लाई नेटफ्लिक्सले महंगो रकममा किनेको छ । पिंकभिल्लाका अनुसार आलियाले शाहरुख खानको रेड चिल्ली इन्टरटेनमेन्टसँग मिलेर बनाएको फिल्मलाई नेटफ्लिक्सले ८० करोड भारतीय रुपैयाँमा किनेको छ ।

हिरोइन मुख्य भूमिकामा रहेको फिल्मलाई ओटिटीले महंगो रकममा किनेको यो दुर्लभ घटना मानिएको छ । यसअघि दीपिका पादुकोन र अनन्या पाण्डेको मुख्य भूमिका रहेको ‘गहराइँया’लाई पनि अमेजन प्राइमले सोही हाराहारी रकममा किनेको चर्चा छ ।

यो फिल्मको अहिले पोस्ट प्रडक्सन चलिरहेको छ । फिल्ममा आलिया भट्ट र सेफाली शाह मुख्य भूमिकामा छन् । फिल्मले आमाछोरीको सम्बन्धको कथा पेस गर्छ ।
फिल्मलाई जस्मित के रिनले निर्देशन गरेका हुन् भने फिल्ममा संगीत निर्देशक विशाल भारद्धाजको रहेको छ । आलियाको चाँडै नै ‘गंगुबाई कठैयावाडी’ रिलिज हुँदैछ । यसबाहेक आलिया ‘आरआरआर’ र ‘रक्की और रानीकी प्रेमकहानी’ पनि देखिँदैछिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com