२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

शीतकालीन ओलम्पिक : चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण

काठमाडौँ । शीतकालीन ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ ।

स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी ९आरओसी०, नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् ।

यस्तै, इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समान एक स्वर्ण पदक हात पारेका छन् । हालसम्म १९ देशले पदक तालिकामा खाता खेलेका छन् ।

२० फेब्रुअरीसम्म चल्ने प्रतियोगितामा तीन हजार भन्दा बढी खेलाडीको सहभागीता रहेको छ भने ९३ देशले सहभागिता जनाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com