२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

जनसमाजवादी पार्टी लगाएत १८ दलले बुधवार आयोजना गरेरिएको राष्ट्रघाती एमसिसि बिरूद्धको कार्यक्रम स्थगित

१८ राजनीतिक दलले बुधवार आयोजना गरेरिएको राष्ट्रघाती एमसिसि बिरूद्धको कार्यक्रम स्थगित

काठमाडौँ । एमसीसी–सम्झौताविरुद्ध जनसमाजवादी पार्टी लगाएत १८ राजनीतिक दलहरुले २६ गते बुधबारको दिन बोलाइएको प्रतिनिधिसभा बैठकको मध्यनजर गर्दै माघ २६ गतेको दिन काठमाडौंमा व्यापक विरोध प्रदर्शन गर्ने भन्दै सोमबार २४ गते रिपोर्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्दै राष्ट्रघाती एमसिसीको बिरूद्धमा आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए, भने (प्रतिनिधिसभा बैठक) स्थगित भए लगत्तै १८ राजनीतिक दलहरुले पनी आज गरिने भनिएको बिरोध सभा फिर्ता लिएका छन् । यो सुचना जनसमाज पार्टी नेपालका (उपमहासचिव) डम्बरविक्रम कार्की ज्युले सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै जानकारी गराउनु भएको छ ।

प्रतिनिधिसभा बैठक स्थगित भएको सुचना यस प्रकारको रहेको छ :

१८ दलले बुधवार आयोजना गरेरिएको राष्ट्रघाती एमसिसि बिरूद्धको कार्यक्रम स्थगित गरिएको सुचना :

भोली मिति २०७८ साल माघ २६ गते बुधबारको दिन बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको हुनाले जनसमाजवादी पार्टी, नेपाल लगायत १८ वटा राजनीतिक शक्तिहरू सम्मिलित एमसीसी सम्झौता बिरूद्ध संयुक्त जनआन्दोलन द्वारा आयोजना गरिएको भोलि माघ २६ गतेको एमसीसी सम्झौता बिरूद्धको कार्यक्रम स्थगित भएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ।

                                 डम्बरविक्रम कार्की 
                                  उपमहासचिव
                            जनसमाजवादी पार्टी, नेपाल 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com