२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

नागढुंगा सुरुङ मार्ग प्रमुखलाई प्रधानमन्त्रीको फोन : प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत दिन निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागढुंगा प्रभावित क्षेत्रका जनतालाई ७ दिनभित्र राहत दिन नागढुंगा सुरुङ मार्गका प्रमुखलाई निर्देशन दिएका छन् । जनतासँग माओवादी विशेष अभियानका क्रममा चन्द्रागिरि–२ पुगेका प्रचण्डलाई आयोजना प्रभावित क्षेत्रका जनताले कुनै राहत नपाएको गुनासो पोखेपछि उनले फोनमार्फत सो निर्देशन दिएका हुन् ।

अभियान कार्यक्रमस्थलबाटै बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्मालाई फोन गर्न लगाएर उनले सात दिनभित्र रिपोर्ट पेश गर्न प्रमुख नवीनमान श्रेष्ठलाई निर्देशन दिएका हुन् ।

‘हेलो नवीनजी म जनताको बीचबाट बोल्दैछु । सुरुङ मार्गबाट प्रभावित जनताले राहत नपाएको गुनासो गरेका छन् । वास्तविकता के हो सुझावसहित ७ दिनभित्र प्रतिवेदन पेश गर्नुहोला । बाँकी कुरा भेटमा गरौँला’, उनले फाेनमा निर्देशन दिँदै भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com