२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

माग पूरा नभए तेश्रो चरणको आन्दोलन गर्ने सामुदायिक वन उपभोक्ता महासंघको चेतावनी

प्रकाशित माघ २६,२०७८

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले माघ २८ गतेसम्म आफूहरुको माग पूरा नभए तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सामुदायिक वनका काठलगायत वन पैदावारको परिचालनमा लगाइएको सबै खाले प्रतिबन्धहरु हटाउनुपर्नेलगायतका माग गर्दै निरन्तर वन परिसरमा विरोध प्रदर्शन गर्दै आएको महासंघले आफूहरुको माग पूरा नभए तेश्रो चरणको आन्दोलन सुरु गर्ने चेतावनी दिएको हो ।

माघ २८ गतेसम्म परिसरमा विरोध प्रदर्शन गर्ने र आफूहरुको माग पुरा नभए अर्को चरणको आन्दोलन गर्ने महासंघको भनाइ छ । महासंघले वन ऐन २०७६ संग बाझिएका केहि निर्देशिका तथा कार्यबिधिहरु खारेज गर्नुपर्ने भन्दै सामुदायिक वनका काठ लगाएत वन पैदावारको परिचालनमा लगाइएको सवै खाले प्रतिवन्धहरु तत्काल हटाउन माग गरेको छ ।

त्यस्तै महासंघले चुरे वातावरण संरक्षण क्षेत्र खारेज गरि सामुदायिक वनका माध्यमबाट नै चुरे संरक्षण गर्ने वातावरण सिर्जना गर्न पनि माग गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com