२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सहायक वन अधिकृतलाई मोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ

धनगढी । कैलालीको पचमुडिया सव(डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितमाथि मोसो दल्ने विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।

सहायक वन अधिकृतमाथि मोसो दल्ने भजनी नगरपालिका ९ बस्ने ३९ वर्षीय पहल पुनमगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । पुनमगरलाई बुुधबार पक्राउ गरेर अभद्र व्यवहार शीर्षकमा मुुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

गत माघ १७ गते वन अधिकृत पण्डितमाथि विप्लवका कार्यकर्ताको समूहले कार्यालयमै मोसो दलेको थियो । उनीहरुले चन्दा आतंकको विरोध गरेको आरोपमा मोसो दलेका थिए । पण्डितले आफूमाथि अभद्र व्यवहार गर्ने विप्लवका कार्यकर्तालाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । उनले मोसो दलिएको आफ्नो फोटो फेसबुकमा सार्वजनिक गर्दै समाज रुपान्तरणको खुला बहसमा आउन चुनौती समेत दिएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com