२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सार्वजनिक यातायातमा अब कार्डबाटै भाडा

सार्वजनिक यातायातमा अब कार्डबाटै भाडा

सार्वजनिक यातायातमा नगदरहित अर्थात् अब कार्डबाट भुक्तानी दिन मिल्ने भएको छ । सरकारले विकसित देशमा जस्तै संघीय राजधानी काठमाडौं उपत्यकामा पनि कार्डबाटै भाडा दिने मिल्नेगरी व्यवस्था तयारी गरेको हो ।

बाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीसाधनमा नगदरहित भुक्तानी प्रणाली लागू हुनेछ । मन्त्रालयले विकसित मुलुकमा जस्तै यात्रा गरेको दूरीअनुसार कार्डबाटै भाडा भुक्तानी गर्ने प्रणाली लागू गर्ने तयारी गरिरहेको जनाएको छ ।

मन्त्रालयले कार्डरहित नगदप्रणालीका लागि उपकरण जडान तथा प्रणाली सञ्चालनका लागि सिलबन्दी प्रस्तावसमेत गरिसकेको छ ।

प्रत्येक सार्वजनिक गाडीमा ‘डिभाइस’ जडान र सोही ‘डिभाइस’मा यात्रुले कार्ड ‘स्वाइप’ गरेर भाडा भुक्तानी गर्न मिल्ने व्यवस्था गर्ने तयारी छ । यसका लागि प्रदेश सरकारले सुरु चरणमा काठमाडौं उपत्यकामा यो व्यवस्था लागू गर्ने तयारी गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com