२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

दिवाकर भट्टराईको आगामी फिल्म ‘हनी बनी’मा युवा सुपरस्टार

काठमाडौं । दिवाकर भट्टराईको आगामी फिल्म ‘हनी बनी’मा युवा सुपरस्टार अनमोल केसी अनुबन्धित भएका छन् । त्यसोत यसअघि नै दिवाकरको निर्देशनमा अनमोलले ‘क्याप्टेन’ फिल्ममा काम गरिसकेका छन् । उक्त फिल्मले दर्शकहरुको राम्रो प्रतिक्रिया पाउनुका साथै बक्स अफिसमा उत्कृष्ट कलेक्शनसमेत गरेको थियो ।

बेलायतको लण्डनमा छायाङ्कन हुने ‘हनी बनी’को अनुमानित बजेट ७ करोड बताइएको छ । अनमोल केसी स्टारर् ‘ए मेरो हजुर ४’ प्रदर्शनको तयारीमा रहेको छ । त्यस्तै उनले मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको ‘एक्स ९’मा पनि साइन् गरिसकेका छन् । तर, सो फिल्मको छायाङ्कनमा ढिलाइ भएपछि अनमोलले ‘हनी बनी’का लागि साइन गरेका हुन् ।

प्रेम कथामा आधारित यो फिल्मको छायाङ्कन आगामी मार्चदेखि हुने बताइएको छ । फिल्मको छायाँकारको रुपमा पुरुषोत्तम प्रधान अनुबन्धित भइसकेका छन् । एबी इन्टरनेशनल, गौतम प्रोडक्सन र भ्वाइस फिल्म्स लिमिटेडको संयुक्त प्रस्तुति रहने यस फिल्मको मुख्य अभिनेत्री भने चयन हुन बाँकी नै छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com