२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

पाँचथर फालेलुङ गाउँपालिका – ८ स्थित भृकुटी आधारभूत विद्यालयको छात्रछात्राहरुलाई आर्थिक तथा जिन्सी सहयोग

पाँचथर । पाँचथर फालेलुङ गाउँपालिका – ८ स्थित भृकुटी आधारभूत विद्यालयको छात्रछात्राहरुलाई आर्थिक तथा जिन्सी सहयोग प्राप्त भएको छ ।

बुधबार एक कार्यक्रकाबीच उनीहरुलाइ आर्थिक तथा जिन्सी सहयोग प्रदान गरिएको हो । कक्षा ५ र ७ मा अध्ययनरत छात्रा सुधा केरूङ र सरेष्मा केरूङलाई जनही ५०्५० हजार प्रदान गरिएको छ ।

उनीहरुको सहयोगका लागि पाँचथर घर भई हाल अमेरिकामा कार्यरत याक्थुङ युवाहरुले व्यक्तिगत सहयोग पठाएका थिए ।

अमेरिकाबाट उक्त सहयोग याक्थुङ युवाहरुले विद्यार्थीको शैक्षिक उन्नतिमा सहयोग तथा हौसला साथै ‘विशेषगरी छोरीलाई शिक्षित बनाउन जरुरी छ’ भन्ने उदेश्यले पठाएका हुन्।

विद्यालयको मूल्याङ्कनका आधारमा जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्ति स्वरुप दुई विद्यार्थीहरुलाई उक्त रकम प्रदान गरिएको हो ।

उक्त रकम अमेरिका बस्दै आएर हाल नेपाल आएका याक्थुङ युवा कवि बिबश बेनामले विद्यार्थीहरुलाई प्रदान गरेका थिए ।

त्यस्तैगरी याक्थुङ युवाहरुकै पहलमा विद्यालयका एकसय भन्दा बढी विद्यार्थीहलाई ६० हजार बराबरको न्यानो कपडा ९स्वेटर० पनि वितरण गरिएको विद्यालयले जनाएको छ ।

कवि बेनामले अमेरिकाबाट छुट्टिमा आएको बेला सामाजिक उत्तरदायित्वको कार्य गर्ने भन्ने सोचले विद्यार्थीहरुलाई सहयोग गरेको बताए । उनले यस्ता कार्यलाई आगामी दिनमा पनि जारी राख्ने बताए ।

भृकुटी आधारभूत विद्यालयका प्रधानाध्यापक शर्ण कुमार केरूङले बिदेशमा बसेर पनि आफ्ना विद्यार्थीहरुलाई सहयोग गरेर उदाहारणीय कार्य गरेको भन्दै याक्थुङ युवाहरुलाई धन्यवाद दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com