२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

बजेटको मूल दिशा ठीक छ : रिजाल

बजेटको मूल दिशा ठीक छ : रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले गठबन्धन सरकारले ल्याएको बजेटको मूल दिशा ठीक रहेको बताएका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै रिजालले बजेटले सही प्राथमिकतामा आधारित कार्यक्रमहरु ल्याएको बताए । उनले सरकारसँग अपेक्षा बढी गर्न सकिए पनि अहिलेको अवस्थामा ल्याउन मिल्नेजस्तो बजेट आएको बताए ।

‘बजेटको मूल दिशा ठीक छ । यो अवस्थामा योभन्दा पृथक बजेट आउने अवस्था थिएन । बजेटका प्राथमिकताहरु ठीक छन्’, रिजालले भने ।

उनले प्रतिपक्षलाई अघिल्लो वर्षको बजेट स्मरण गरेरमात्रै आलोचना गर्न सुझाए । ‘कमसेकम यो बजेट संसदभित्र आएको छ । अघिल्लो वर्ष संसदलाई छलेर बजेट ल्याउने साथीहरु धेरै आक्रामक हुन जरुरी छैन । बजेटका बारे धेरै ठूलो प्रतिरक्षा गर्नुपर्ने पनि छैन’, उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com