२०८१ भाद्र २७ - Thu Sep, 2024 -

Janasewa News

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री  आज नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।  सचिव मिस्रीको यो परिचयात्मक भ्रमण हुने बताइएको छ । जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै भुटानको भ्रमण गरेका थिए ।

भ्रमणको क्रममा उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ ।

विनयमोहन क्वात्राले अवकाश पाएपछि गत जुलाई १५ मा मिस्री विदेश सचिव बनेका थिए । सचिव मिस्री चीन मामिलाको जानकार मानिन्छन् । उनले भारतका प्रधानमन्त्री इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवालयमा समेत काम गरिसकेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com