२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

साउदीको आभा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण, १२ जना घाइते

रियाद । साउदी सेनाले यमन सीमा नजिकैको विमानस्थललाई लक्षित गरी ड्रोन विस्फोट गराउँदा उक्त घटनामा परी कम्तीमा १२ जना घाइते भएका अधिकारीहरूले बिहीबार जनाएका छन् ।

आभा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि विमानस्थलमा केही अंश खसेका थिए । यसअघि यमनका हुथी विद्रोहीले पनि यस्तै आक्रमण गरेका थिए । साउदी अरबको राज्य सञ्चालित सञ्चारमाध्यम, साउदी प्रेस एजेन्सीले ट्वीटमार्फत् दिएको जानकारीमा भनिएको छ, “साउदी रक्षा फौजले आभा अन्तराट्रिय विमानस्थलतर्फ प्रक्षेपण गरिएको ड्रोन नष्ट गरेको छ ।”

सन्देशमा भनिएको छ, “गैर–सैनिक (नागरिक) विमानस्थल र यात्रुलाई खतराको प्रतिक्रिया दिन सुरक्षाकमी परिचालन गरिएको छ र हामी आगामी परिस्थितिको सामना गर्न दृढ कदम चाल्नेछौं ।”

यस आक्रमणका लागि यमनी हुथी विद्रोहीहरूलाई दोषी ठह¥याइसकिएको पनि छैन थिएन र इरान समर्थित विद्रोहीले पनि तत्काल जिम्मेवारी पनि लिएको छैन ।

सन् २०१५ देखि साउदी नेतृत्वको गठबन्धनसँग लडिरहेका विद्रोहीले विमानस्थल र कच्चा तेल सङ्कलन केन्द्रलगायतका साउदी क्षेत्रलाई निशाना बनाउँदै बारम्बार ड्रोन आक्रमण गर्ने गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com