२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

छनोट खेलमा अर्जेन्टिना र उरुग्वे विजयी

एजेन्सी

दक्षिण अमेरिकी विश्वकप छनोटको खेलमा अर्जेन्टिना र उरुग्वे विजयी भएका छन् । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियालाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेजले खेलको २९औँ मिनेटमा निर्णायक गोल गरे ।

जितपछि लियोनल मेस्सीबिनाको अर्जेन्टिना १५ खेलबाट २९ अंकसहित दोस्रो स्थानमा छ । पराजित कोलम्बिया १६ खेलबाट १७ अंकसहित सातौं स्थानमा छ । बिहानै भएको खेलमा उरुग्वेले भेनेजुयलालाई ४–१ अन्तरले पराजित गरेको छ । जितपछि उरुग्वेले १६ खेलबाट २२ अंक सहित चौथो स्थानमा उक्लिएको छ । ब्राजिल र अर्जेन्टिना यस अघि नै विश्वकपका लागि छनोट भइसकेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com