२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

एसीसी प्रिमियर कपको ट्रफी अंगाल्दै सुते नेपाली क्रिकेटर

काठमाडौँ- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपालले एसिया कपमा स्थान सुरक्षित गरेको छ । एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको ट्रफी समेत उचाल्यो ।

नेपालले ट्रफी उचालेसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूले ट्रफीलाई अंगालो हाल्दै सुतेको तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।

गत वर्ष अर्जेन्टिनाले फिफा विश्वकप फुटबलको उपाधि जितेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पनि विश्वकपको उपाधि ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरेका थिए ।

नेपाली खेलाडीहरूले पनि मेस्सी झै ट्रफीलाई अंगालो हालेर सुतेको तस्बिर सार्वजनिक गरेका हुन् । कप्तान रोहित पौडेल, सोमपाल कामी र करण केसीले पनि ट्रफीलाई अंगोल हालेर सुतेको तस्बिर राखेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com