२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिए : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन्। पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्‍याउने काममा अध्यक्ष दाहाल लागिपरेको बताए ।

शनिबार काठमाडौँ महानगरपालिका ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले माओवादी अध्यक्ष दाहालले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याई गरिरहेको आरोपसमेत लगाए ।

‘राजनीतिक ढंगले अनेक खालका दूर्भाग्यपूर्ण विवादहरू देखिरहेका छौँ । म एउटा राजनीतिक पार्टीको जिम्मेवार कार्यकर्ता पनि हुँ । राजनीतिक पार्टीका मान्छेहरूमा विकृति आयो भने समाजमा पनि विकृति बढछ,ु उनले भने, राजनीतिक पार्टीका मान्छेहरूले जे जनताको हितमाहुन्छ ।

त्यो कुरा बोल्ने सामथ्र्य राख्नुपर्दछ । नत्र भने यता गयो यताका कुरा, उता गयो उताका कुरा गर्ने चरित्र देखायो भने त्यसले नोक्सानी हुन्छ । जो अहिले हामी देख्दैछौँ। विदेशीसित गयो एउटा कुरा, कार्यकर्तासँग भेट भयो एउटा कुरा ।

जनतासँग गयो अर्कै कुरा । यस्ता खालका झिल्केमिल्के कुरा गरेर जनतालाई अलमल्याउने खालका कतिपय गतिविधि भएका छन् ।

जो दूर्भाग्यपूर्ण कुरा हो । यस्तो हुनु हुँदैन ।’ वरिष्ठ उपाध्यक्ष पोखरेलले सार्वजनिक सम्पत्तिहरू अतिक्रमण हुन नदिन र त्यसको सदूपयोग हुने गरी अघि बढाउनका लागि स्थानीय तहहरूले जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता पनि औल्याए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com