संसदबाट जबर्जस्ति एमसिसी पास गरे प्रतिरोध गछौँ : अखिल क्रान्तिकारीकि अध्यक्ष : पञ्चा सिंह
![](https://www.janasewanews.com/wp-content/uploads/2022/02/Pancha-sing-25.jpg)
काठमाडौं । नेकपा (माओवादी केन्द्र्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले अमेरिकाले नेपालमा जबर्जस्ति एमसिसी थोपर्न खोजेको र केहि राजनीतिक दलहरू त्यसलाई पास गर्न लागिपरेको भन्दै संसदीय अंकगणित बाट एमसिसी पारित गरिए सडकबाट खारेज गर्ने एक विज्ञाप्ति मार्फत चेतावनी दिएको छ ।
अखिल क्रान्तिकारीकि अध्यक्ष पंचा सिंहद्वारा जारी विज्ञप्तमा अमेरिकाले एमसिसी मार्फत नेपाललाई अन्तर्राष्ट्रिय भुराजनितिक क्रीडास्थल बनाउन लागिरहेको आशंका यथार्थमा परिणत हुँदै गएको र अमेरिकी सहायक विदेशी मन्त्रीले धम्किपुर्ण भाषामा नेपाली राजनीतिक नेतृत्वलाई एमसिसि पास गर्न दिएको दबाब प्रति ध्यानाकर्षण भएको बताउँदै अमेरिकी रबैया प्रती खेद प्रकट गरिएको छ ।
साथै विगतमा विभिन्न असमान सन्धिहरु गर्ने राजनीतिक शक्तिहरु जनताको विरोधका आवाजहरुको बेवास्ता गर्दै एमसिसी पास गर्न मरिमेटेर लागिपरेको भन्दै संसदबाट पास गरे सडकबाट खारेज गर्ने चेतावनी दिएको छ । विज्ञप्तिमा वर्तमान संकटको समयमा राष्ट्रवादी राजनीतिक शक्ति माओवादी केन्द्र र प्रचण्डमाथि विभिन्न झुठो भ्रम छर्न खोजिएको भन्दै भ्रममा नपर्न आग्रह समेत गरिएको छ ।
![](https://janasewanews.com/wp-content/uploads/2022/02/bigyapti-pancha.jpg)