२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

आयोगले माग्यो निर्वाचनको काममा लापरवाही गर्ने कर्मचारीको विवरण, देखिए यस्ता गल्ती

आयोगले माग्यो निर्वाचनको काममा लापरवाही गर्ने कर्मचारीको विवरण, देखिए यस्ता गल्ती

जनसेवा न्युज डटकम संवाददाता

निर्वाचन आयोगले निर्वाचनको काममा लापरवाही गर्ने कर्मचारीको विवरण माग गरेको छ । शुक्रबार सम्पन्न निर्वाचनमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन निर्देशिका विपरीत गतिविधि गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीहरूको विवरण माग गरेको हो । निर्देशिकाको व्यवस्था प्रतिकुल हुनेगरी मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्धकट्टी सहित मतपत्र दिने, अर्धकट्टीमा दस्तखत नगराउने, स्ट्याम्प प्याडको सट्टामा अकै मसी प्रयोग गराउने, मतपत्र र मतदाताको सहि विवरण तयार नगर्ने, मतपत्रमा मत संकेत गर्न रबरको स्वस्तिक छाप दिनु पर्नेमा पित्तलको स्वस्तिक छाप दिने काम कर्मचारीबाट भएको छ ।

यस्तै सहि किसिमले मुचुल्का तयार नगर्ने, सुरक्षण सिलहरू सही ढङ्गले नलगाउने, पोलबुकमा स्पष्ट विवरण नराख्ने, मतदाता नामावली विवरणमा स्पष्ट रेजा नलगाउने, मतगणना गर्दा आएको संख्या र कम्प्यूटरमा प्रविष्ट संख्या फरक पार्ने, मतगणना सम्पन्न भएपछि घोषणा गर्न ढिलाई गर्ने काम पनि भएका छन् । उपयुक्त गल्तीसहित स्थानीय तह निर्वाचन मतगणना निर्देशिका, २०७८ विपरित मतपत्र सदर वा बदरको निर्णय गर्नेलगायतका गम्भीर प्रकृतिका गल्तीहरू समेत कर्मचारीले गरेको पाइएको आयोगले जनाएको छ ।

मतदान कार्यमा खटिएका जिम्मेवार मतदान अधिकृतबाट भएका यस प्रकारका गल्तीहरूले निर्वाचनमा विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने, स्थगित हुने र मतगणना समेत प्रभावित भइरहेको भन्दै आयोगले यस प्रकारका गम्भीर त्रुटि गल्ती गर्ने मतदान अधिकृत र संलग्न अन्य कर्मचारीको विवरण खुलाई आयोगमा पठाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिइएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com