२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा खटाएका दुई विदेशी पत्रकार काबुलमा पक्राउ

काबुल । संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीको कार्यभारमा रहेका दुई अन्तर्राष्ट्रिय पत्रकारलाई अफगानिस्तानको राजधानीमा पक्राउ गरिएको युएनएचसीआरले शुक्रबार जनाएको छ । “यूएनएचसीआर र उनीहरूसँग काम गरिरहेका अफगान नागरिकहरूसँग काम गरिरहेका दुई पत्रकारलाई काबुलमा थुनिएको हो ।

“हामी अरुसँग समन्वय गरेर परिस्थितिको समाधानका लागि प्रयास गरिरहेका छौं, यूएनएचसीआरले ट्वीटमार्फत् उनीहरूको रिहाईका लागि गरेको प्रयासबारे बताएको छ ।

ती पत्रकारमध्ये एक बेलायती पूर्व बीबीसी संवाददाता एन्ड्रु नर्थ हुनुहुन्छ । उहाँले करिब दुई दशकदेखि बीबीसीका लागि अफगानिस्तानबारे समाचार लेख्दै आएका थिए । युद्धग्रस्त अफगानिस्तानमा उनी निरन्तर यात्रा समस्याको समाचारमार्फत् उजागर गर्दै आएका थिए ।

“एन्ड्रुले अफगानिस्तानका जनतालाई मानवीय सहयोग पु¥याउने कार्यमा युएनएचसीआरका लागि काम गर्दै काबुलमा रहनुभएको थियो,” उनकी पत्नी नतालिया एन्टेलाभाले ट्वीटमा उल्लेख गरेका छन् ।

“हामी उहाँको सुरक्षाको लागि अत्यन्तै चिन्तित छौं र प्रभाव भएका जोसुकैलाई पनि उहाँको सुरक्षित रिहाई गर्न पहल थाल्न आह्वान गर्दछौं ।” यसमा तालिवान अधिकारीहरूको कुनै पनि सम्लग्नताबारे तालिवान सरकारका प्रवक्ता मुजाहिदले अस्वीकार गरेका छन् ।

तालिबान सरकारका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले अधिकारीहरूले यस मामिलामा छानबिन गरिरहेको बताएका छन् । मुजाहिदले भने, “हामीले यसबारे जानकारी प्राप्त गरेका छौं र उनीहरूलाई थुनामा राखिएको छ कि छैन पक्का गर्ने प्रयास गरिरहेका छौं ।”

तालिबानको अफगानिस्तानको सत्तामा बहिर्गमनपछि उनीहरूले महिला विरोध प्रदर्शनलाई बलपूर्वक दबाउने गरेको, आलोचकहरूलाई पक्राउ गर्ने दुरूत्साहन गर्ने र धेरै पत्रकारहरूलाई सजायँ दिँनेजस्ता उपायमार्फत् मतभेदलाई दमन गरेका छन् ।

दुई जना अफगान पत्रकारलाई रिहा हुनुभन्दा केही दिनअघि यस महिनाको केही दिन हिरासतमा राखिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com