२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

आफू भन्दा २३ वर्ष कम उमेरकी अभिनेत्रीसँग होटलमा भेटिए एलन मस्क

आफू भन्दा २३ वर्ष कम उमेरकी अभिनेत्रीसँग होटलमा भेटिए एलन मस्क

एजेन्सी । विश्वकै धनी ब्यक्ति एलन मस्क आफ्नो नयाँ गर्लफ्रेण्डसँग क्यामेरामा कैद भएका छन् । एलन मस्क फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियन अभिनेत्री नताशा ब्यासेटसँग लञ्च गरिरहेको अवस्थामा भेटिएका हुन् ।

डेली मेलको एक रिपोर्ट अनुसार एलन मस्क र अभिनेत्री नताशा ब्यासेट लञ्चका लागि शेवल ब्ल्याङ्क होटल पुगेका थिए । उक्त होटलमा एक रातको लागि एउटा कोठा ९रुम०को चार्ज १३ सय डलरबाटबाट सुरु हुन्छ । लञ्च खाइसकेपछि एलन र ब्यासेट समुद्र किनारमा घुमिरहेको अवस्थामा पनि स्पट गरिएको थियो ।

२७ वर्षीया नताशा ब्यासेट ५० वर्षीय एलन मस्कको सबै भन्दा कम उमेरकी गर्लफ्रेण्ड हुन् । सार्वजनिक तस्वीरमा जेडिग र वोल्टेयर पहिरनमा नताशा निकै सुन्दर देखिएकी छन्, भने एलन मस्कले ग्रे टी–शर्ट र ब्ल्याक जिन्स लगाएका छन् ।

सार्वजनिक खबर अनुसार यसै वर्षदेखि एलन र नताशाले एक अर्कालाई डेट गरिरहेका छन् । उनीहरु दुवै एलन मस्कको प्राइभेट जेटमा लस एञ्जिलसमा उत्रिएका थिए । यस अगाडि अर्बपति एलन मस्क ग्रिम्ससँग रिलेशनसीपमा थिए । तर, उनीहरु दुवैले २०२१ को सेप्टेम्बरमा एक–अर्कासँग अलग भएको घोषणा गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com