२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

नक्कली विलविजकबाट राजस्व छली, सम्पत्ति शुद्धीकरणले थाल्यो कारवाही

काठमाडौं । प्लाइउडको व्यापार गर्ने भगवती लेमिनेट्सले दुई प्रकारको विलविजक प्रयोग गरि करोडौंको राजस्व छली गरेको तथ्य बाहिर आएको छ ।

राजस्व छलीको लागि पक्का र कच्चा विलको प्रयोग गरिएको हो । प्लाइउड व्यवसायीले राज्यलाई बुझाउनु पर्ने कर तथा विलविजक समेत लुकाएको भेटिएपछि राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेको हो ।

विभागले झापाको मेचीनगर १० मा रहेको भगवती लेमिनेट्स (नेप्लाईको) केन्द्रीय कार्यालयमा छापा मारेर राजस्व छली सम्बन्धी सबै कागजात बरामद गरेको हो । हाल यो मुद्दालाई सम्पत्ति शुद्धिकरण अन्र्तगत ल्याएर अनुसन्धान थालिएको छ ।

भगवतीका लगानीकर्ताका साथ त्यसमा संलग्न कर्मचारी र डिलर समेत सम्पत्ति शुद्धिकरणको कारवाहीमा पर्ने भएका हुन् । अर्थात उनीहरु मनी लाउन्डरिङ र कर छलीको मुद्दामा मुछिने भएका छन् । वार्षिक ८० करोड रुपैयाँको व्यवसाय लुकाएर त्यसमा लाग्ने कर छली गर्न भगवतीलाई सघाउने सबै अनुसन्धानको घेरामा पर्ने पक्का भएको छ ।

विनायक हार्डवेयर एन्ड प्लाइ सेन्टर, हिमाली फर्निचर उद्योग, सुरज फर्निचर उद्योग, प्रजापति प्लाइ हाउस, इभरग्रिन प्लाइ सेन्टर, मौला कालिका र ओमकुमार प्लाइउड डिलरहरु यो प्रकरणमा मुछिएका हुन् ।

यो कसुरमा भगवती लेमिनेट्सका देशीय प्रमुख विकास सिंह, बुद्धि पौडेल, विक्रि प्रतिनिधि सुमन भैैल र सद्दाम हुसेन विरुद्ध पनि विभागले अनुसन्धान अघि बढाएको छ । कसुर प्रमाणित भए विगोको दोब्बर जरिवाना एवं १० वर्षसम्मको कैद हुने देखिएको छ ।

प्लाइउड उद्योग, विक्रेता तथा डिलर्सहरुको कारोबारबाट राज्यले करोडौंको राजस्व गुमाइरहेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कर छलीको मुद्दा उठ्न थालेपछि ढिलै भएपनि राजस्वको क्षेत्रमा काम गर्ने निकायहरु जुर्रमुराएका हुन् ।

सयौंको संख्यामा रहेका प्लाइउड डिपो तथा सप्लायर्सहरुले बुझाउनु पर्ने आयकर तथा भ्याट छली गर्दा राज्यको आम्दानी समेत गुमिरहेको छ । प्लाइउड उद्योगीहरुको मुद्दामा सम्पत्ति शुद्धिकरणले समेत सक्रियता देखाउँदा गुमिरहेको राजस्व पुनः राज्यको पोल्टामा फिर्ता आउने आशा गरिएको छ ।

(भिडियो)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com