२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

विप्लव नेतृत्व नेकपाले भ्रष्टहरुमाथि जनकारबाही जारी राखेकोमा सरकारको आपत्ती

नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच यसअघि भएको सम्झौता कार्यान्वयनबारे शनिबार वार्ता भएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रम देउवा र नेत्रविक्रम चन्द विप्लवबीच भेटमा सहमति पूर्ण रूपमा कार्यान्वयन गर्ने बारे सहमति भएको थियो । त्यसैक्रममा शनिबार वार्ता भएको हो ।

गृह मन्त्रालयमा भएको वार्तामा गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुन सचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए । वार्तामा गृहमन्त्री खाणले सहमतिविपरीत उक्त पार्टीका नाममा जनकारबाही तथा जग्गा कब्जाजस्ता गतिविधि नरोकिएकोप्रति ध्यानाकर्षण गराएका थिए ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको जानकारी दिए । पोखरेलले भने, “प्रतिबन्ध फुकुवापछि उक्त पार्टीका ने ता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता गर्नेलगायत सहमति कार्यान्वयन गर्नेबारे दुई पक्षबीच सहमति भएको छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com