२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

काठमाडौं महानरगमा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र साह परिवर्तनको संकेत : राजेन्द्र महतो

काठमाडौं महानरगमा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र साह परिवर्तनको संकेत : राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद राजेन्द्र महतोले काठमाडौं महानरगमा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र साह परिवर्तनको संकेत भएको बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद महतोले काठमाडौंमा स्वतन्त्र उम्मेदवार विजयी हुनु परिवर्तनको संकेत भएको बताएका हुन् ।

उनले जनताले परिवर्तन खाजेको भएपनि राजनीतिक दलहरुले पूरा गर्न नसक्दा यो अवस्था सिर्जना भएको बताए । उनले नेपालमा शोषण र उत्पीडनको पापको घडा भरिसकेको भन्दै अब परिवर्तनको विकल्प नरहेको जिकिर गरे ।

सांसद महतोले भने, ‘सभामुख महोदय काठमाडौंमा बालेन साह के हो ? परिवर्तनको संकेत हो । जनताले खोजेको परिवर्तन, त्यो संकेत हो । आज म काठमाडौंवासीलाई यही मञ्चबाट बधाइ दिन्छु, परिवर्तनको संकेत बालेन साहलाई बधाइ दिन चाहन्छु । परिवर्तनको संकेत हो त्यो अरु केही होइन । नेपालमा पापको घडा भरिसक्यो, भरिएपछि फुट्छ । शोषण, उत्पीडनको घडा भरिसक्यो, अब परिवर्तन हुन्छ, राष्ट्रिय मुक्ति, क्रान्ति हुन्छ ।

सांसद महतोले नेपाल विकास र समृद्धिमा पछि परिरहेको उल्लेख गर्दै यसको बारेमा छलफल र समीक्षा हुन आवश्यक रहेको बताए । उनले नेपाली जनताले खोजेको समृद्धि र विकासलाई शासक वर्गहरुले सत्ता र कुर्सीमा सिमित गरेको आरोप लगाए । सांसद महतोले नेपालमा लोकतन्त्रको दुरुपयोग भएकोले अब सोच्ने बेला आएको बताए ।

सांसद महतोले भने, ‘के भइरहेको हो यो ? २०१३ सालेदेखि पञ्चवर्षीय योजना बनिरहेको छ । २००७ सालदेखि वार्षिक बजेट बनिरहेको छ । ७० वर्षदेखि वार्षिक बजेट बन्दै आएको हो । यो देशको विकासको लागि विकासमा छलाङ लगाउनलाई आर्थिक वर्षको बजेट बनाइन्छ । ७० वर्षमा सरकारले ल्याएका योजना, बजेट, नीति खै के भयो ? नेपाले विकासको छलाङ लगायो कि लगाएन ? ७० वर्ष पहिला र आजको अवस्थामा के परिवर्तन छ ? यो संसदमा जनताको ध्यान एक प्रतिशत पनि छ ? के हो यो, कहिले साच्ने यसमा छलफल हुनुपर्दथ्यो ।’

उनले फेरि भने, ‘हामी दुर्गति, दुनियाँ सफलतातिर जाने कारण के हो त्यसको उपचार गर्नुपर्छ । नेपाललाई प्रकृतिले वरदान दिएको छ तर हामीले किन काम गर्न सकेनौँ । शासन गर्नेले लामो भाषण गरेर मात्रै हुन्छ, जनतालाई गुमराहमा पार्ने मात्रै ? नेपाली जनतालाई गोलचक्करमा राख्न मिल्दैन, यसमा समीक्षा हुनुपर्छ । नेपाली जनताले समृद्धि खोजेको हो, विकास खोजेको हो । देश र जनताको विकासको लागि राजनीति गर्ने हो तर यहाँ त सत्ता र कुर्सीको लागि भइरहेको छ । नेपाली जनताप्रति अन्याय भइरहेको छ, यसबाट नेपाली जनताले मुक्ति पाउनुपर्छ । सबैले सोचौँ । लोकतन्त्रको दुरुपयोग नेपालमा भएको छ ।
त्यस्तै सांसद महतोले शासक वर्गले नेपाली जनताप्रति अन्याय गरिरहेको भन्दै नेपाली नागरिकलाई उन्मुक्ति दिन आवश्यक रहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com