२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

१७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध

विश्वका १७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । पछिल्लो पटक नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टे ९पूर्वी टिमोर०बीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि पूर्वी टिमोरका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले आधिकारिक ट्विटरमा उल्लेख गरेअनुसार दुवै राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउनेसम्बन्धी संयुक्त पत्रमा पनि शुक्रबार नै हस्ताक्षर गरेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com