२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

चोभारको बन्दरगाह नचलेपछि पार्किङ बनाइँदै

चोभारको बन्दरगाह नचलेपछि पार्किङ बनाइँदै

काठमाडौँको चोभारमा रहेको ‘चोभार सुक्खा बन्दरगाह’मा पार्किङ र गोदाम स्थल बनाउन लागिएको छ । व्यापार सहजीकरण गर्न विश्व बैङ्कको सहयोगमा निर्माण भएको बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि बन्दरगाहको पूर्वाधारलाई प्रयोगमा ल्याउन पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याउन लागिएको हो ।

आगामी एक साताभित्रमा सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । व्यापार सहजीकरण गर्ने उद्देश्यका बन्दरगाह निर्माण गरी सञ्चालनमा आएको नौ महिनासम्म पनि प्रभावकारी रूपमा सञ्चालन नहुुँदा पूर्वाधारको अधिकतम प्रयोग गर्न बन्दरगाहलाई लजिस्टिक हबका रूपमा सञ्चालन गर्न लागिएको हो । समितिका कार्यकारी निर्देशक आशिष गजुुरेलले बन्दरगाह आगामी एक सातामा ‘लजिस्टिक हब’का रूपमा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । सुुक्खा बन्दरगाहमा रहेको ९० रोपनी जग्गामा एक साताभित्रमा हब सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com