प्रधानन्यायाधीशबिरुद्ध छापामार शैलीमा महाभियोग दर्ता हुनु अलोकतान्त्रिक : एमाले नेता नेम्वाङ
काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले प्रमुख प्रतिपक्षीलाई थाहै नदिइ अचनाक छापामार शैलीमा प्रधानन्यायाधीशबिरुद्ध महाअभियोग दर्ता गरेको आरोप लगाएका छन् ।
पूर्वसभामुखसमेत रहेका उपाध्यक्ष नेम्वाङले न्यूज २४ सँग कुरा गर्दै संसदीय व्यवस्थामा प्रतिपक्षीलाई राज्यको अभिन्न अंग मानिदै आएकामा सत्ता पक्षको यो गतिविधी लोकतन्त्र बिपरित भएको जिकिर गरे ।
‘सत्ता पक्षले छापामार शैलीमा हामीलाई कुनै जानकारी नदिइकन महाभियोगको प्रस्ताव गर्यो । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ,’ उनले भने, ‘संसदीय व्यवस्थामा प्रतिपक्षीलाई राज्यको अभिन्न अंगको रुपमा मानिन्छ । तर, सत्ता पक्षको यो काम कारवाही लोकतन्त्रको विपरित छ।’
विभिन्न जोडबलले स्थानीय तहको निर्वाचन मिति घोषणा भएको र एमालेले स्थानीय तहका लागि विभिन्न तयारी गरिरहेको अवस्थामा एक्कासी महाभियोगको प्रस्ताव आएको भन्दै उनले असन्तुष्टि जनाए ।
त्यस्तै एमालेले कारवाही गरेको १४ सांसदका मुद्धाले सर्वोच्चमा स्थान पाउन लाग्दै गर्दा महाभियोगको प्रस्ताव आएको पनि उनको दावी छ ।
‘विभिन्न जोडबलले स्थानीयत तहको निवार्वचन मिति तोकिएको छ । एमालेले त्यससम्बन्धि आवश्यवक तयारी भइरहेको अवस्थामा हामी सातै प्रदेशमा भेला भइरहेका थियौँ,’ उनले भने, ‘ हामी निर्वाचनको प्रशिक्षणमा थियौँ । आज र भोलि यही बेलामा सर्वोच्च अदालतमा थुप्रै गम्भीर प्रकृतिका मुद्धाहरु विचाराधीन अवस्थामा रहेका छन्, जुन टुङ्गोमा नपुगिरहेको अवस्थामा आजै १४ सांसदहरुलाई कारवाही गरिएको मुद्धाले पालो पाउने अवस्था थियो।’
त्यस्तै ललिता निवास जग्गा प्रकरणको मुद्धामा ढिलाई भइरहेको अवस्थामा स्थानीय तहको निर्वाचन एकपटक दरपीट भएर यसबारेमा सर्वोच्च मै मुद्धा पर्छ भन्ने अवस्था भइरहेको अवस्थामा महाभियोग दर्ता भएको उनले जिकिर गरे ।
उपाध्यक्ष नेम्वाङले महाअभियोगको विषयमा छलफल नेता तथा सांसदहरुलाई आज साँझसम्ममा कामठमाडौं बोलाएका बोलाएको बताए ।
आज ६ बजे सचिवालयको बैठक बस्ने र भोलि ११ बजे संसदीय दको बैठक बसेर एमालेले यसबारे उचित निर्णय गर्ने नेम्वाङले बताए ।
सत्ता गठबन्धनका ९८ सांसदहरुले आईतबार संसद सचिवालयमा प्रधानन्यायाधीशबिरुद्ध महाभियोगको प्रस्ताव गरेका छन् ।