२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

‘शान्ति प्रक्रियाका बाँकी कामहरूलाई छिटो टुंगो लगाउनुपर्छ’

काठमाडौँ- विज्ञहरूले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई छिटो टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् ।​

मंगलबार नेपाली कांग्रेस संसदीय दलले पार्टीका सांसदहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले सशस्त्र द्वन्द्व पीडितले न्याय तथा परिपूरण पाउने समाजमा मेलमिलाप हुने गरी शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्‍याउन सरकार र संसद्लाई सुझाव दिएका हुन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका बारेमा गरिएको अन्तरक्रियामा विज्ञहरूले यसलाई चाँडोभन्दा चाँडो निष्कर्षमा पुर्‍याउन सुझाव दिएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभा पेश गरेको छ ।

सोही विधेयकको बारेमा विज्ञहरूले सांसदहरूलाई ब्रिफिङ गरेकाे र सांसदहरूले पनि सो सम्बन्धी जिज्ञासा राखेको पनि प्रमुख सचेतक लेखकले बताए ।

अन्तरक्रियामा ५ जना विज्ञहरूले सो संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका बारेमा आ–आफ्नो धारणा राखेका थिए .

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com