२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

सहिदहरुले गरेको बलिदानलाई पूर्व नेतृत्वहरुले सत्तामा पुग्नको निम्ती वार्गेनिङ्ग पइन्ट बनाए : उपाध्यक्ष शीलु न्यौपाने

काठमाडौँ ने.क.पा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले आज फागुन १४ लाई महान जनयुद्धको पहिलो सहिद दिल बहादुर रम्तेल लगायत परिवर्तन र मुक्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्ने तमाम ज्ञात अज्ञात सहिदहरुलाई स्मरण गर्दै अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यलय, बागबजारमा २७ औँ स्मृति दिवस मनाएको छ।

उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले परिवर्तनका लागि जीवन आहुति दिने महान सहिदहरुले कोरेको मार्ग निर्देशन गरेको बाटोमा क्रान्तिकारी युवा विधार्थीहरु दृढ एवम् प्रतिवद्ध रहि फेरि मुलुकले अर्को वलिदानी मागेको हुँदै युवा विधार्थीहरु तम तयार रहेर लाल र निपुर्ण बन्दै क्रान्तिकारी झण्डालाई फहराउदै अगि बढ्नु पर्ने र राष्ट्रधाती सम्झौता गर्ने दलालहरु जनता सामू नाङ्गि सकेकोले यी गद्दारहरुलाई जनताहरुले बाकी नराख्ने, जनताहरु एमसीसी विरुद्ध सडकमा आई सकेको हुदा राष्ट्रघाती दलाल,तस्कर,माफियाहरुलाई जनताले अब छानिछानि ठेगान लगाउने र सहिदहरुको वलिदानलाई उच्च सम्माकाका क्रान्तिको झन्डा निरन्तर फहराई तमाम युवा सडकमा राष्ट्रिय स्वाधीनताको रक्षाको खातिर आ–आफ्नो ठाउँबाट सक्दो योग्दान गर्नुपर्ने बताउनु भयो ।

यस्तै अखिल (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले सहिदहरुले गर्नु भएको बलिदानलाई लाई पूर्व नेताहरुले सत्तामै पुग्ने र वार्गेनिङ्ग गर्ने भाडो मात्र बनाएको हुदा वास्तव महान सहिदहरुले विना स्वार्थ महान उदेश्यकै लागि, जनताको जनजीविका, परिवर्तनका लागि आ – आफ्ना प्राण आहुती दिएको हुदा अब कुनै पनि संसदवादी कित्तामा उभिएकाहरुले देशको वास्तविक विकास गर्न जनताले खोजेको व्यवस्था ल्याउन नसक्दैन न जनताहरुका कुनै समस्यालाई सम्वोघन गर्न नै सक्ने छ न। यी तमाम समस्यारुलाई मात्र क्रान्तिकारी पार्टि अर्थात ने.क.पा (क्रान्तिकारी माओवादी) मात्र जनयुद्धको वास्तविक उत्तराधिकारी पार्टी हो र यसको भातृ संगठन अखिल (क्रान्तिकारी) ले मात्र शिक्षा क्षेत्रका माफिया विरुद्ध लड्ने तागत राख्ने बताउनु भयो।

उक्त कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) को केन्द्रीय सचिव प्रभात भट्टराईले गर्नुभएको कुरा जनसेवा न्युज डटकम लाई केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले बताउनु भयो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com