२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

नवनियुक्त परराष्ट्र मन्त्री पौडेललाई पाकिस्तानी समकक्षीको बधाई र शुभकामना

नवनियुक्त परराष्ट्र मन्त्री पौडेललाई पाकिस्तानी समकक्षीको बधाई र शुभकामना

नवनियुक्त परराष्ट्र मन्त्री विमला पौडेल राईलाई भारत र पाकिस्ताका समकक्षीले बधाई र सफल कार्यकालको शुभकामना दिएका छन्।

पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष एवं परराष्ट्र मन्त्री बिलावल भुट्टो जर्दारीले नवनियुक्त मन्त्री पौड्याललाई नेपालको परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिएका हुन्।

उनले नेपाल–पाकिस्तान सम्बन्धलाई थप मजबुत बनाउन उनीसँग काम गर्न तत्पर रहेकोसमेत बताए।

यस्तै भारतीय विदेशमन्त्री जयशंकरले मंगलबार साँझ सामाजिक सञ्जाल ट्‍वीटरमार्फत पौड्याललाई बधाई दिएका थिए। उनले मन्त्री पौड्यालसँगै मिलेर काम गर्न इच्छुक रहेको पनि उल्लेख गरेका छन्।

ुनेपालको परराष्ट्र मन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई, सँगै मिलेर काम गर्न प्रतीक्षारत छुु(जयशंकरले लेखेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विस्तार गरेको मन्त्रिपरिषदमा राष्ट्रियसभा सदस्य पौडेल परराष्ट्र मन्त्रीमा नियुक्त भएकी हुन्।

सत्तारुढ गठबन्धनको सबभन्दा ठूलो दल एमालेको कोटाबाट परराष्ट्रमन्त्री बनेकी पौड्याल राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य हुन् । उनी परराष्ट्र मन्त्री नियुक्त हुने तेस्रो महिला हुन्।

यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला र नेकपा (एमाले) की सहाना प्रधान परराष्ट्र मन्त्री भएकी थिइन्।

२०७२ मा राष्ट्रिय योजना आयोगको सदस्य बनेकी पौड्याल २०७३ मा राष्ट्रपतिको विकास मामिला विज्ञ थिइन्। केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा ९ फागुन २०७४ मा राष्ट्रियसभा सदस्य मनोनित भएकी हुन्। राष्ट्रिय सभामा उनको कार्यकाल २०८० को फागुनमा सकिन्छ।

२०३६ सालमै कम्युनिष्ट विद्यार्थी राजनीति सुरू गरेकी पौडेलले २०५२ सालदेखि भने विभिन्न राष्ट्रिय,अन्तर्राष्ट्रिय परियोजनामा काम गरिन्। एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com