२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

टोखा नगरपालिका प्रमुखमा १४ को उम्मेदवारी

टोखा नगरपालिका प्रमुखमा १४ को उम्मेदवारी

 

काठमाडौं । काठमाडौँको टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राती सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट नगरप्रमुख पदका लागि १४ जनाको उम्मेदवारी परेको हो ।

टोखा नगरको निर्वाचन अधिकृत सविता शर्माले नगरप्रमुख, उपप्रमुखसहित २५१ जनाको उम्मेदवारी परेको राससलाई जानकारी दिए । उहाँका अनुसार नगर उपप्रमुखमा ६, वडाध्यक्षमा ५८ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, वडा सदस्यमा ९७, महिला वडा सदस्यमा ४४ र दलित महिला सदस्यमा ३२ जनाको उम्मेदवारी परेको शर्माले बताए । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट प्रकाश अधिकारी नगरप्रमुख र ज्ञानमाया डङ्गोल उपप्रमुखमा निर्वाचित भएका थिए ।

हाल नेकपा (एमाले) बाट वर्तमान नगरप्रमुख अधिकारी र उपप्रमुख डङ्गोलको उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखमा रजनी थापा र उपप्रमुखमा मुरारी तामाङको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

साविकको गोङ्गबु, धापासी, टोखा, झोर महाङ्काल गाउँ विकास समितिलाई समावेश गरेर स्थापना गरिएको टोखामा हाल ११ वडा रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com