२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र जबरामाथि महाअभियोग प्रस्ताव : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन् । उनले जनकपुरमा आइतबार आयोजित एक कार्यक्रमाम प्रधानन्यायाधीश जबराविरुद्ध अधिवक्ताहरू मात्रै होइन, न्यायधिशहरू पनि देखिएको र न्यायालय अस्तव्यस्त जस्तै भएकोले ति बेथितिलाई हटाउन गठबन्धनकै सहमतिमा महाअभियोग प्रस्ताव दर्ता गराइएको उनले बताए ।

प्राप्त उपलब्धिमाथि देशी विदेशी प्रतिक्रियावादीहरूबाट आक्रमण भइरहेको प्रचण्डको भनाइ थियो । ‘हरेक क्रान्तिको विरुद्ध प्रतिक्रान्ति हुन्छ, त्यो अहिले जारी नै छ अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्ध, जनआन्दोलन, मधेश जनविद्रोहबाट प्राप्त उपलब्धी विरुद्ध देशीविदेशी तत्व अझै लागेको छ । तर पनि हामी निराश भएका छैनौ । खेल अझै बाँकी नै छ ।’

प्रतिक्रियावादी शक्तिहरू काँग्रेस, माओवादी, नेकपा एस, जसपासहितका गठबन्धन फुटाउन सुरुदेखि नै लागेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

प्रचण्डले भने,‘ केहि व्यक्ति संविधानमै नभएको व्यवस्थालाई टेकेर संसदलाई विघटन गर्ने काम गरे । तर हामी जनयुद्धका नेता, जनआन्दोलनका नेता र मधेश विद्रोहका नेता जिउँदै भएकोले त्यसविरुद्ध संगठित भएर उनलाई सत्ताबाट हटाई लोकतन्त्रणको रक्षा गर्ने काम गरियो ।’

आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारका मधेशी शहिद प्रतिष्ठानले जनकपुर आयोजना गरेको जनयुद्धका शहिद परिवारजनलाई सम्मान तथा अनुदान वित्तरण कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारले जनयुद्धका शहिद परिवारजनलाई सम्मान गरेर राष्ट्रिय एकता सन्देश दिएको बताएका छन् ।

मधेश प्रदेशले जनयुद्धलाई आज सरकारी स्तरबाट सम्मान गरेर राष्ट्रिय एकताको सन्देश दिएको छ, अब मधेश प्रदेशको अनुशरण संघीय सरकार मात्रै होइन बाँकी सबै प्रदेशका सरकारहरूले गर्नुपर्छ ।’

प्रदेश सरकारले जनयुद्धको क्रममा मधेश प्रदेश प्रदेशबाट शहिद भएका तथा ज्यान गुमाए परिवारजनलाई तीन लाख दिने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो चरणमा आईतवार एक लाखको दरले अनुदान वित्तरण गरिएको छ ।

जनयुद्धका क्रममा मधेशले आफूलाई धेरै सहयोग गरेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने,‘जनयुद्धकै क्रममा मधेशकै जिल्लाहरूमा हतियार बनाउने काम सिकेँ, यहाँका वुद्धिजीवीहरूले जनयुद्धमा धेरै नै सहयोग गरे । जब निराश हुन्थें शक्ति आर्जनका लागि मधेशका जिल्लाहरूमा आउँथे की त पहाडका गरिब वस्तीमा जान्थे । त्यसकारण मधेशसँग मेरो पुरानै लगाव र नाता छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com