२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

सभामुखले बोलाएको सर्वदलीय बैठक प्रतिपक्ष दल एमालेद्दरा बहिस्कार

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नजाने भएको छ । एमाले नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने जानकारी दिए । उनका अनुसार आज बस्‍ने एमाले संसदीय दलको बैठकले यसबारे निर्णय गर्नेछ ।

ुसभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले जाँदैन,ु उनले भने,ु सभामुखप्रति हाम्रो असहमति छँदैछ । सभामुखलाई नै महाअभियोग लाउनुपर्छ भन्‍नेमा हामी छौँ । दोस्रो कुरा जुन हिसाबले महाअभियोग आयो त्‍यमा पनि हाम्रो असहमति छ ।ु प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

एमालेले अन्य चार न्यायाधीशविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ । आजको संसदीय दलको बैठकमा उक्‍त विषयमा छलफल हुने एमालेका एक नेताले बताए । उनका अनुसार एमालेले सभामुख सापकोटाविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याउने विषयमा समेत बैठकमा छलफल हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com