२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

दलित प्रमाणित पत्र रद्द भ‌एसँगै उम्मेदवारी पनि खारेज

रौतहट । इलाका प्रशासन कार्यालय चन्द्रपुरले मुस्लिम समुदायका एक व्यक्तिको दलित प्रमाणित पत्र रद्द गरिदिएसँगै उम्मेदवारी खारेज भएको छ ।

गैरदलित रहेको भन्दै उजुरी परेको आधारमा स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका मो. अरिफ मिया दर्जीको दलित प्रमाणित पत्र रद्द गरिएको इलाका प्रशासन कार्यालय चन्द्रपुरका प्रमुख गणेश नेपालीले बताएका हुन् ।

रौतहटको गुजरा नगरपालिकाको कार्यपालिकाको स्थानीय निर्वाचनमा जसपाबाट उम्मेदवारी दिएका दर्जीलाई इलाका प्रशासन कार्यालय चन्द्रपुरले यसअघि दलित प्रमाणित गरेको थियो। दर्जीले सोही प्रमाणित कागजको आधारमा गुजरा नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा दलित अल्पसंख्यकतर्फ उम्मेदवारी दिएका थिए ।

गैरदलितलाई दलित प्रमाणित गरेको भन्दै नेकपा एमालेले चर्को विरोध गर्दै दर्जीको उम्मेदवारीविरुद्ध उजुरी दिदैं खारेजीको माग गरेको थियो । चौतर्फी विरोध र आलोचना भ‌एपछि इलाका प्रशासन कार्यालय चन्द्रपुरले उनको दलित प्रमाणित रद्द गरेको थियो।

कार्यालयले निर्वाचन अधिकृतको कार्यालय गुजरालाई एक पत्र लेखि दर्जी मुस्लिम समुदायअन्तर्गत पर्ने तर राष्ट्रिय दलित आयोगले सूचिकरण गरेको मधेशी मूलको दलित जातिअन्तर्गत नपर्ने व्यहोरा बुझिन आएकोले उनको दलित प्रमाणित पत्र रद्द गर्न अनुरोध गरेको छ ।

इलाका प्रशासन कार्यालय चन्द्रपुरले गुजरा नगरपालिका वडा नम्बर ५ ले दिएको जेठ १८ गतेको सिफारिसको आधारमा सोहि वडा निवासी कमरुल मियाँ दर्जीको छोरा मो. आरिफ मियाँ दर्जीले दिएको निवेदनलाई मान्दै दर्जीलाई दलित समुदायमा पर्ने भनी प्रमाणित गरेको थियो ।

गैरदलित व्यक्तिलाई दलित प्रमाणित गरेपछि वडाध्यक्ष र इलाका प्रशासन कार्यालयको चौतर्फी आलोचना र विरोध भ‌एपछि वडा कार्यालय तथा इलाका प्रशासन कार्यालय आफ्नो प्रमाणित निर्णयबाट पछाडि हटेका हुन् । वडा कार्यालयले जेठ २० गते इलाका प्रशासन कार्यालय चन्द्रपुरलाई चिठी लेखेर सो प्रमाणित रद्द गर्न अनुरोध गरेपछि सोही आधारमा दर्जीको दलित प्रमाणित रद्द गरिएको इलाका प्रशासन कार्यालय चन्द्रपुरका प्रमुख गणेश नेपालीले बताए ।

दलित प्रमाणित रद्द भ‌एसँगै दर्जीको उम्मेदवारी पनि खारेज हुने भ‌एको छ । दलित प्रमाणित रद्द भ‌एपछि सोही प्रमाणितको आधारमा उम्मेदवारी दिएका दर्जीको उम्मेदवारी खारेज हुने निर्वाचन अधिकृत बद्री नारायण शर्माले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com