२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

कर्णालीमा टेलिकमको ‘एनटी टिभी’ सेवा सुरु

कर्णाली । नेपाल टेलिकमले आइतबारदेखि कर्णाली प्रदेशमा पहिलोपटक ‘एनटी टिभी’ ब्राण्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आइपी टिभी सेवा सुरु गरेको छ । एफटीटीएच सेवाबाट भ्वाइस र डाटा उपलब्ध गराउँदै आएको टेलिकम सुर्खेतले वीरेन्द्रनगरबाट ‘एनटी टिभी’ सेवा पनि सुरु गरेको हो ।

टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक अनन्तप्रकाश मल्लिकले एनटी टिभी सेवाको शुभारम्भ गर्दै एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्न सफलता मिलेको बताउनुभयो । अप्टिकल फाइबर पु¥याएर ट्रिपल प्ले (भ्वाइस, उच्च गतिको इन्टरनेट, आइपीटीबी र भिडियो) सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी रहेको उहाँको भनाइ छ । हाल प्रयोगमा रहेको ल्यान्डलाइन टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न माध्यमबाट महसुल बुझाउन वा रिचार्ज गर्न सकिनेछ । एफटीटीएच सेवामार्फत भ्वाइस, डाटा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटी टिभी सेवा प्राप्त गर्न नेपाल टेलिकमको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।

टेलिकमको यो सेवा ४२ जिल्लामा विस्तार भइसकेको छ । एनटी टिभी विस्तारले प्रदेश सरकारको डिजिटल कर्णाली स्थापना गर्ने अभियानमा सहयोग मिल्ने टेलिकम प्राविधिकको विश्वास छ । टेलिकमले कर्णालीमा चौथो पुस्ताको मोबाइल सेवासँगै फाइबरमार्फत एकैसाथ टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराएको हो । टेलिकमका प्रादेशिक निर्देशक मल्लिकले तामाको तारबाट चल्ने परम्परागत टेलिफोन तथा एडीएसएल सेवालाई अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवामा रुपान्तरण गरी अत्याधुनिक सूचना प्रविधि सञ्जाल विस्तार गर्ने अभियानमा जुटेको बताउनुभयो ।

टेलिकम सुर्खेत कार्यालयका प्रमुख सन्तोष शर्माले जनतामा अत्यधिक माग भएको एउटै फाइबरबाट तीन थरी सेवा उपलब्ध हुने एफटीटीएच सेवाको विस्तारसँगै मर्मत र निरन्तरतामा पनि ध्यान दिने प्रतिबद्धता जनाउनुभयो । सुर्खेतमा टेलिकमको फाइबर टु दी होम (एफटीटीएच) सेवाका ग्राहकको सङ्ख्या करिब छ हजार पुगेको छ । “एक घर, एक फाइबर कनेक्सन’ को उद्देश्य राखेर काम गरिरहेका छौँ”, सुर्खेत कार्यालय प्रमुख शर्माले भन्नुभयो, “टेलिकमको एनटिभी सेवाले सहरी सौन्दर्य कायम राख्न सघाउ पु¥याउनेछ ।” यसैबीच टेलिकमले आइतबार एनटी टिभी सेवाका पहिलो ग्राहक वीरेन्द्रनगर–१० खजुराका अमृतबहादुर रानालाई सम्मान गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com