२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

जेसीज वर्ष २०२२ को ‘एड्भाइजर टु लोम डेभलपमेन्ट कमिटी’मा : पेशल खतिवडा मनोनित

काठमाडौं । थानकोट जेसीज २०१६ का अध्यक्ष जेसी पेशल खतिवडा जेसीज वर्ष २०२२ का लागि ‘एड्भाइजर टु लोम डेभलपमेन्ट कमिटी’मा मनोनित भएका छन् ।

नेपाल जेसीज विधान र नीति निर्देशिकाको परिच्छे ८ को धारा ४ बमोजिम जेसीज वर्ष २०२२ का लागि ‘एड्भाइजर टु लोम डेभलपमेन्ट कमिटी’मा खतिवडालाई आइतबार मनोनित गरिएको हो ।

नेपाल जेसीजका सिनेटर लालमणी भण्डारीद्वारा जारी सूचनामा युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगसँगै उद्यमशिलतालाई सार्थकता प्रदान गर्न र समाजमा सक्रिय नागरिकको भूमिका निर्वाह गर्नु नै जेसीआईको मुख्य लक्ष्य रहेको उल्लेख छ ।

जेसीआईका लक्ष्य प्राप्ति लागि खतिवडाले पुर्याएको योगदानलाई मूल्यांकन गरेर जेसीज वर्ष २०२२ को ‘एड्भाइजर टु लोम डेभलपमेन्ट कमिटी’मा मनोनित गरिएको सूचनामा उल्लेख छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com