२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

राष्ट्रघाती एमसीसी षड्यन्त्रै षड्यन्त्रले भरिएको ७७ पेज भित्रको वास्तविक दफा जनताले बुझिसके : अध्यक्ष सुवास राज काफ्ले

काठमाडौँ । आज संयुक्त २२ राजनितीक दलिय मोर्चाले राष्ट्रघाती एमसीसी को विरुद्ध मा बिरोध प्रदर्शन गर्दै खबरदार गरेका छन् ।

विरोध सभा लाई सम्बोधन गर्दै जनसमाजवादी पार्टी नेपालका अध्यक्ष (सुवासराज काफ्ले) ज्युले एमसीसी परियोजना लाई षड्यन्त्रै षड्यन्त्र ले भरिएको ७७ पेजको पोको लाई खारेज गर्न हामी तीन वर्ष देखि लागि परेका छौं र खारेज नगरे सम्म निरन्तररुपमा लागि पर्ने बताउनु भयो ।

सरकार लाई धिकार भन्दै सत्ता सिनहरु जस्ले यो सम्झौता नेपालमा भित्राए यस्ता सम्झौता गर्ने व्यक्ति, पार्टीहरुको घोर भत्सर्ना गर्दछौं र गरिरहने छौं भन्दै नेपालको यो कालखण्डको हाम्रो पुस्ता लाई आएको जिम्मेवारी हामीले पुरा गर्नुछ, र हामी पूरा गर्न कम्मर कसौं हामीले कम्मर कसेउ भने अहिले देखापरेका सरकारका राष्ट्रघाती कदमहरु हामीले सजिलै ढाल्न सक्छौ सफल हुनेछौं र सफल भएकै छौं ।

म दाबीका साथ भन्छु यो सम्झौता तीन वर्ष अगाडि नै लागू गर्ने कोसिस भएको थियोे तर हाम्रो खबरदारीले आजको दिनसम्म असफल भएका छन । हामीहरुका आन्दोलनलाई उनिहरुले कमजोर देखेपनी कमजोर ठानेका छैनन् भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

हामीले ठुलो संख्यामा जनमानस उत्रारेर विशाल सभा गर्न सकेका छैनौं तर हाम्रा मुल्य, मान्यताहरु,विचारहरु हामीले उठाएका एजेन्डा जनताको मन मस्तिष्कमा बसेको छ।

यो एमसीसी प्रतिको गलत विषय हामीले उठाएकै कारण जनतासामु छलाङ भएको छ भन्दै अझै हाम्रो दबाब निरंतरता भयो भने यो खारेज गर्न हामी सफल हुनेछौं । त्यसैले सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु लाई यो राष्ट्रघाती सम्झौता खारेज गर्ने अभियानमा लामबद्व हुन समेत अपिल गर्नु भयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com