२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

महाअभियोग लगाएर निलम्बित भएका प्रधानन्यायाधीश जबरालाई बोकेर हिँड्न खोजेको होइन : अध्यक्ष ओली

काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाअभियोग लगाएर निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बोकेर हिँड्न खोजेको नभई त्यसले सिर्जना गरेको अवस्था बुझ्न भनेका छन् ।

सोमबार एमाले संसदीय दलको बैठकमा अहिलेको अवस्थामा प्रधानन्यायाधीश जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्नुको कारण बताउँदै त्यस प्रवृत्तिको विरोध गर्न खोजिएको ओलीले बताए ।

प्रधानन्यायाधीश जबरा र एमसीसीको सन्दर्भ गरि छलपफलमा दुई विषयमा एमाले नेताहरुले धारणा राखेका थिए । र, छलफल ओलीले त्यसको जवाफ दिएका थिए ।

बैठकपछि अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानन्यायाधीश जबराको पटक्कै बचाउ गर्न नखोजिएको र पछिलल्लो राजनीतिक घटनाक्रम बुझेर त्यसको प्रतिवाद गर्न खोजिएको पनि बताए ।

उनले ओलीको भनाई उद्धृत गर्दै भने, ‘प्रधानन्यायाधीश जबरामाथि ल्याइएको महाअभियोग खासरगरी स्थानीय तहको निर्वाचनलाई टार्न वा जसरी भए पनि सार्न खाज्ने, एमसीसीलाई जसरी भए पनि पारित गर्ने र लोकतन्त्रमाथि निरन्तर प्रहार गरिरहने काम भइरहेको छ । तर, प्रधानन्यायाधीश जबराले राम्रो काम गर्नुभएको छ, बोकेर हिँड्नुपर्छ भनेको होइन । जोगाउनुपर्छ भन्ने बिल्कुलै होइन । उहाँको अनगिन्ती कमजोरी देखिएको छ, उहाँप्रति चार्ज लागेको छ, हिजो परमादेश गराउने नेतृत्व उहाँले नै गर्नुभएको थियो, त्यसका बाबजुद महाअभियोग प्रस्ताव जुन बेलामा आयो, जसरी आयो, जे नियतले आयो त्यसमा आशंका हो ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com