२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

पशुपन्छीलाई निःशुल्क खोप लगाइँदै

काठमाडौँ । पशुपन्छीमा समय–समयमा एकै पटक देखिने प्रकोप नियन्त्रणका लागि देशैभर अभियान सञ्चालन गरिएको छ । निःशुल्क खोप प्रवाह कार्यक्रमका नाममा सुरु भएको अभियान हिउँद र बर्खामा देखिने विभिन्न प्रकृतिका सङ्क्रामक रोगविरुद्ध पशुपन्छीमा प्रतिरोधात्मक क्षमता विकास गराउने उद्देश्यले सञ्चालन भइरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागको प्रत्यक्ष निगरानीमा सबै प्रदेशका भेटेरिनरी अस्पतालको सहयोग, प्रदेश कार्यालयको समन्वय र स्थानीय तहको प्रत्यक्ष उपस्थितिमा एकै पटक खोप कार्यक्रम सुरु भएको हो । अभियानअन्तर्गत केही प्रदेशले धमाधम खोप लगाउँदै छन् भने केही फागुनको दोस्रो सातादेखि लगाउने तयारीमा छन् ।

स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा पशु सेवा विभागले लगत सङ्कलन गरी एकै पटक मुलुकभर ७५ लाख पशुपन्छीलाई खोप लगाउन सुरु गरेको हो । जोखिम धेरै देखिएका सुँगुर प्रजातिका जनावरमा लाग्ने रोगविरुद्ध सीएसएफ, कुखुरामा लाग्ने रानीखेत आईटु, गाईभँैसीमा लाग्ने भ्यागुते र चरचरे, भेडाबाख्रामा लाग्ने रोग तथा खुर फाटेका जनावरमा लाग्ने खोरेत रोगको प्रकोप रोक्न एकै पटक देशव्यापी रूपमा खोप अभियान सञ्चालन भइरहेको छ । यो खबर आजको गोरखपात्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com