२०८१ बैशाख २५ - Tue May, 2024 -

Janasewa News

शेरबहादुर देउवाको गृह जिल्लामा विद्रोही मल्ल, जसले एमालेसँग तालमेल गर्दै

शेरबहादुर देउवाको गृह जिल्लामा विद्रोही मल्ल, जसले एमालेसँग तालमेल गर्दै

 

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली काँग्रेसकै एक समूहले नेकपा ९एमाले० सँग चुनावी तालमेल गरेर मैदानमा उत्रिएसँगै आसन्न स्थानीय तह निर्वाचन थप रोमाञ्चक बन्न पुगेको छ।

जिल्लाका सातवटै स्थानीय तहमा एमालेसँग चुनावी तालमेल गरेर अघि बढेको नेपाली काँग्रेस डडेलधुराका असन्तुष्ट नेता कार्यकर्ताहरूको नेतृत्व नेपाली काँग्रेस डडेलधुराका निवर्तमान सभापति कर्णबहादुर मल्लले गरेका छन् ।

पछिल्लो एक दशक नेपाली काँग्रेस डडेलधुराको नेतृत्व गरेका मल्ल डडेलधुराको जिल्ला राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित छन् ।

२०४७ सालदेखि निरन्तर नेपाली काँग्रेसको राजनीतिमा सक्रिय मल्ललाई हाल नेपाली काँग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com