२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

सत्ता गठबन्धन एसपीपीको विपक्षमा

सत्ता गठबन्धन एसपीपीको विपक्षमा

सत्ता गठबन्धनमा आबद्ध पाँच दल अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विपक्षमा उभिन सहमत देखिएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकमा एसपीपीको विषयमा छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको हित विपरीतका कुनै पनि सम्झौतामा आफूले हस्ताक्षर नगर्ने विषयमा प्रस्ट हुन गठबन्धन आबद्ध दलका शीर्षस्थ नेतालाई आग्रह गरेका थिए । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनको बैठकमा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयमा व्यापक छलफल भएको र आफूहरूले सो सम्झौता नेपालको हितमा नभएकाले त्यसको विपक्षमा उभिनुपर्ने धारणा राखेको जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com