२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

युक्रेनमा रहेका नेपाली भन्छन् आत्तिनुपर्ने अवस्था छैन, स्थिति सामान्य नै छ

परराष्ट्र मन्त्रालयले अहिलेसम्म एक सयभन्दा बढी नेपाली युक्रेन हेर्ने जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी दिएको छ । तीमध्ये थोरै विद्यार्थी र धेरै युरोप जान ट्रान्जिटका रूपमा युक्रेन छिरेका नेपालीहरू रहेको मन्त्रालयले जनाएको छ ।

युक्रेनमा कथंकदाचित आक्रमण भइहालेमा ती नेपालीहरूको उद्धार गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयको तयारीका बारेमा सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिनन्–‘अहिलेसम्म त्यहाँ रहेका कुनै नेपालीले आपत् प¥यो भनेर दूताबाससँग सहयोग मागेको छैन । आवश्यक परे यसअघि संकटग्रस्त अफगानिस्तानबाट नेपालीको उद्धार गरिए झैँ त्यहाँबाट पनि नेपालीलाई सुरक्षित रूपमा फर्काउने व्यवस्था गर्नेछौँ ।’ उनले युक्रेनको घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको बताइन् ।

युक्रेनमै रहेका नेपालीहरूले पनि ​आत्तिइहाल्नुपर्ने स्थिति नरहेको बताएका छन् । विगत ४३ वर्षदेखि युक्रेनमा बस्दै आएका एक नेपाली जयन्त नेपालले पश्चिमेली सञ्चारमाध्यमहरूले हल्ला फिँजाएको जस्तो स्थिति नरहेको बताउँदै भने–‘आत्तिनुपर्ने अवस्था छैन । स्थिति सामान्य नै छ ।’

उनका अनुसार युक्रेनको राजधानी किभलगायत विभिन्न सहरमा करिब ३० परिवार नेपाली बसोबास गरिरहेका छन् भने म्यान पावरबाट युक्रेन भित्रिएकाहरूको संख्या सयको हाराहारीमा छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com