२०८१ बैशाख २५ - Tue May, 2024 -

Janasewa News

आज थप ६८० जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ४ हजार २५६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ९८ जना र २ हजार ८३९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ११ हजार ८९८ पुगेको छ । सोही अवधिमा ४३ हजार ८८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १९ हजार ४०० जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा १८३५ जना कोरोना मुक्त भए, २ संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८३५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ४२ हजार ७३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९५ जनाको परीक्षण हुँदा हालसम्म कुल ६३ लाख ७३ हजार २२५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com