२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका अनुसार ५ हजार ३५१ जनामा परीक्षण गर्दा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अुनसार २४ घण्टाको अवधिमा एक जनाको मृत्‍यु भएको छ ।

सोमबार थप कोरोना संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ भने पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आईसीयूमा छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७२ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com